०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मोबाईल पसलबाट समान चोर्ने ३ चोर पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहित मोबाईल र रिचार्ज कार्डहरु चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको  छ।

स्थानीय भरत साहको घरमा रहेको उक्त पसलमा सटरको माथि रहको भेन्टिलेशन फुटाएर नगद २ लाख ९५ हजार, रिजार्ड कार्ड ३ लाख ५० हजार, विभिन्न कम्पनीको मोबाइल ४४ थान गरी अन्दाजी मूल्य ८ लाख ९८ हजार ८०० र मेमोरी कार्ड अन्दाजी मूल्य ५५ हार गरी जम्मा १५ लाख ९८ हजार ८०० मूल्य बराबरको चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । चोरी गरी फरार रहेकोमा प्रहरील सिरहाको अर्नमान गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष १७ का एक युवक, त्यही बस्ने बर्ष ३६ का एक युवक र बर्ष ३२ का एक युवक गरी तीनजनालाई सार्वजनिक गरेको हो । — “( पक्राउ गरि सार्वजनिक गरिएका आरोपितहरुको नाम गोप्य राखिएको छ, भविष्यमा उनीहरुमा सुधार आउन सक्ने आस्थाका साथ उनीहरुको आगामी भविष्यलाई हेर्दै नाम गोप्य राखिएको हो ।) ”

गत भदौ २८ गते ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरी उक्त कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुसंग फेला परेका चोरीका सामानहरु बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, नगद रुपैया रु. १ लाख ४९ हजार ६ सय ५० , साईकल १ थान, चोरीमा प्रयोग गरिएको घर फोर्ने औजारहरु तथा रिचार्ज कार्ड रु. ६८ हजार ८ सय ५० बराबरको सामानहरु फेला परेको थियो ।

पक्राउ परेका मानिसहरु तथा चोरी गरी लगेका सामानहरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) उमा प्रसाद चतुर्वेदीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । उनीहरु उपर अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]