०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

मधेस प्रदेश: चोरी रोक्न सामुदायिक गस्ती

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो ।

उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले रहब’ जागै बसौँ भन्दै टोल टोल घुम्न बाध्य रहेको बताउनुभयो । उहाँले यो कार्यमा कट्टीकटैया प्रहरी चौकीका प्रहरीले समेत साथ दिइरहेको बताउँदै उहाँले दुई हप्तादेखि निरन्तर रूपमा जाग्राम बस्न थालेपछि वडामा चोरी डकैतीको घटना रोकिएको बताउनुभयो ।

दुई हप्ताअगाडि मात्रै रामचन्द्र तिवारीसहित तीन घरबाट डाँका समूहले लाखौँको लुटपाट गरेको तथा केही घरमा चोरीसमेत हुन थालेपछि चोरी रोक्न जाग्राम बस्नुपरेको पूर्ववडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सुरक्षार्थ हरेक टोलका युवा आआफ्नो समूह बनाएर प्रहरीको समेत संलग्नतामा रातभरि गस्ती गर्ने गरेका छौँ, त्यसैले अहिले वडामा चोरी डकैतीका घटना रोकिएको छ ।’’ गस्तीका कारण सो वडामा चोरी डकैती रोकिएपछि अन्य वडामा चोरीका घटना बढ्न थालेका छन् । हालै मात्र वडा नं. ७ झिङ्गाथान पछबारी टोलबाट लाखौँको धनमाल लुटपाट भएको छ ।

पुस २६ गते मध्यरात घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरे । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर आठ/नौ तोला सुनचाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाख रुपियाँभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।

महोत्तरीमा कात्तिकयता चार वटा डकैतीका घटना भइसकेका छन् भने चोरीको घटना दर्जनौँभन्दा बढी छन् । प्रहरीले डकैतीको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई गोली प्रहार गरेर पव्रmाउ गर्न सफल भएको जनाएको छ ।

कात्तिक २० गते सोमबार जिल्लाको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो । मूल ढोका फुटाएर करिब छ÷सात जनाको समूहमा घरभित्र छिरेका लुटेराहरूले ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद एक लाख ७५ हजार रुपियाँ चोरी गरेको थियो ।

डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीय शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीय खिमा चौधरी घाइते भएका थिए ।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]