२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी : साह

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

जनकपुरधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए ।

अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा निर्वाचित भए पश्चात सामाजिक विकासका कामहरू पनि गर्ने गर्छौं । साथै, हामीले जेसिजका सदस्यहरूलाई विभिन्न किसिमका तालिमहरू ल्याउँछौं । जेसिजको उद्देश्य भनेकै युवाहरूलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रूपमा अगाडि बढाएका छौं । जेसिजबाट व्यक्तित्व र नेतृत्व विकास गरेका धेरै व्यक्तिहरू अहिले राज्यका विभिन्न निकायहरू र कयौँ संसंस्थाहरूको नेतृत्वमा समेत हुनुहुन्छ । उहाँहरू त्यहाँसम्म पुग्नुमा जेसिजको योगदान महत्वपूर्ण छ भन्ने मेरो धारणा छ । सोही कारण जेसिजप्रति युवाहरूको आकर्षण राम्रो छ ।

जेसिजमा लाग्नेहरू पुँजिपतिवर्गका मात्र हुन्छन् भन्ने सोचाई परिवर्तन गर्नका लागि पनि मेरो उम्मेदबारी रहेको आशुतोष सुनाउंछन् । बरु मेरो विचारमा त जेसिज धनी बनाउने सँस्था हो भन्छु । यहाँ संसारभरिका उद्यमी र व्यावसायी व्यक्तित्वहरूबीच सम्बन्ध, सहकार्य तथा अन्तरक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरूलाई उपयोग गर्न सकिन्छ । तर जेसिजपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरूमा त्यस्तो भ्रम उत्पन्न भएको हुन सक्दछ ।

जनकपुर जेसीजको चुनाव भोली शुक्रवार हुंदैछ । वर्ष २०२४ को अध्यक्ष बन्न तीन उम्मेदवार मैदानमा छन् । जसमध्ये आशुतोष साह बलिया उम्मेदवार हुन् । गत वर्ष उनी अध्यक्षमा मात्र ४ मतले पछी परे । तर उनले गरेको कामले यो वर्ष धेरैको मन जित्न सफल बनेको जनकपुर जेसीजका सदस्यहरु बताउँछन् । आशुतोष विगत, वर्तमान र भविष्यको वस्तुनिष्ठ अध्ययन गरेर जनकपुर जेसीजको नेतृत्व गर्न खोजेका छन् । त्यसैले उनलाई विश्वास गरेर नेतृत्वमा पुर्याउन आवश्यक रहेको जेसीज सदस्यहरुको धारणछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]