०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

मधेशी शहीहरुको सपना पुरा भएको छैन : सचीव यादव

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मधेशी शहीदहरुको सपना अझै पूरा नभएको बताएका छन् ।

पार्टीले बलिदानी दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मर्चवारी गाउँपालिका–७ स्थित बगौलीमा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा बोल्दै सचिव यादवले यस्तो बताएका हुन् ।

उनले भने, ‘मधेश विद्रोहदेखि अहिलेसम्म मधेशी शहीहरुको सपना पुरा भएको छैन । त्यसले अब जनमत पार्टीको नेतृत्वमा एकपटक वा कि पारको आन्दोलन गर्नुपर्छ ।’ उनले शहीदहरुको बलिदानीको कदर गर्नुपर्ने र योगदान कहिल्यै पनि भुल्न नहुने बताए ।

कार्यक्रममा जनमत पार्टीका नेता-कार्यकर्ताहरुले शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]

विराटनगर। कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित […]

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ।’ उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी […]