०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सिरहामा साहुले हड्पेको घर मिटर ब्याज पीडितले पुनः कब्जामा लिए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ ०६, २०८०

जनकपुरधाम । सिरहाको लहान नगरपालिका ७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु (महाजन)ले हड्पेको घर खाली गराएका छन् ।

साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् ।

०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए ।ब्याजसहित ऋण‌ चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो ।

तर ऋणी हिरालालको निधन भयो । त्यसपछि उनका भाइ श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । ०७७ मा महतोले ५७ लाख हिसाब सुनाए र तिर्न नसके घर खाडी गर्न श्यामलाई चेतावनी दिए ।

श्याम भन्छन्, ‘चर्को ब्याजसहित रामबाबुले मलाई ५७ लाख तिर्नुपर्ने भन्न थाल्यो । त्यति रकम म तिर्न सकिनँ । पछि धाक धम्की लगाएर घर खाली गर्न लगायो ।’

‘साहु रामबाबुले घर कब्जा गरेपछि आफू भाडामा बस्दै आएको थिए’, श्यामले नेपाल प्रेससंग भने, ‘रामबाबुले घर भाडामा लगाएको थियो । भाडामा बस्नेहरूलाई म पटक पटक खाली गर्न भन्दै आएका थियौँ । तर खाली नगरेपछि साथीहरूको सहयोगमा भाडेदारको सामानहरु बाहिर प्यासेजमा राखेर हामी बस्न सुरु गरेका छौँ ।

घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जवर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि असफल बन्यो । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू पुगेका थिए ।

सिरहामा मिटर ब्याज पीडितहरूले साहुले हड्पेको सम्पत्ति फिर्ता लिने अभियान नै चलाएका छन् । यसअघि सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरू भित्र्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]