१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बोदे बर्साइन नगरपालिकाको मेयर आतेश सिंहद्वारा नाग पूजाको उदघाटन

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

राजविराज । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा वडा नम्बर ९ स्थित नागपूजा को उदघाटन पश्चात विभिन्न विधी विधान अनुसार पूजा पाठ सम्पन्न भएको छ ।

पूर्णिमाको अवसर पारेर भदौ २९ गते विशेष पूजा गरी नागपूजा सम्पन्न गरेको पूजा समितिका सचिव रामविलास यादवले जानकारी दिए ।

नाग देवता, कृष्ण लगायतका देवताहरुको प्रतिमा बनाई प्रत्येक वर्ष उक्त वडामा पूजा गर्दै आएको स्थानीयहरु बताउँछन् ।

हरेक वर्ष यस किसिमका विशेष पूजा गर्नाले सो वडाका वासिहरुलाई सर्पले नटोक्ने जनविश्वास रहदै आएको वडा अध्यक्ष तपसी यादवले जानकारी दिए । उक्त क्षेत्रमा प्रतिमालाई पुज्ने दिन ठुलो मेला लाग्ने गरेको छ ।

उक्त मेला हेर्न भारतीय सिमा क्षेत्रमा रहेका गाउँहरुबाट समेत हजारौ श्रद्धालु भक्तजनहरु आउने गरेको छ । मेलाको आयोजना गर्न ५ लाख खर्च भएको मेला आयोजक समितिले जनाएको छ ।

उक्त मेलामा १७ लाख सम्मको कारोवार भएको समेत नाग बाबा मेला समितिले जनकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]