०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

यादवलाई प्रमुख अतिथि बनाएपछि विश्वविद्यालयमा जनमत पार्टीले‌ गर्‍यो तालाबन्दी

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ ०७, २०८०

राजविराज । राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका छन् ।

सोमबार राजविराज -१३मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।

जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताहरु आमने सामने भएका छन् ।

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ताहरु छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताहरुको अडान छ । दुई पार्टीका कार्यकर्ता आमने सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]