०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

मधेस सरकारबाट जनमत पार्टीले दिए राजीनामा

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ ०९, २०८०

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट राजीनामा दिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]