१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

राति भएको वर्षाले मधेशका किसानलाई राहत

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

मनोज बनैता,सिरहा । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन ।

राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् ।

सिरहा र सप्तरीका अधिकान्स खेतीयोग्य जग्गामा सिचाईको अभाव रहेको छ । आकाशे पानीमा निर्भर रहेका यी किसान समयमा वर्षा नहुदा डिहवार बाबा र गोसाइँ बाबालाई पुज्ने गर्छन ।

सिंचाइ सुविधामै खटिने कर्मचारीका लागि मासिक २५ लाख ३५ हजार रुपैयाँ खर्चिंदै आए पनि सुविधा भने किसानले पाउन नसकेको सरोकारवालाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]