२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ १५, २०८०

काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्।

नेपालको संविधानले नै राज्यशत्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ।

रक्षामन्त्रीसमेत रहेका खड्काले आज नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न नहुनेमा जोड दिए।

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आमनागरिकले पनि अपनत्वको भाव देखाउने उनको धारणा थियो। साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएकाले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भए पनि आमनागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार पनि राखे।

सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव पनि उनले दिए।

उनले भने, ‘आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतको रूपमा स्थापित गर्न तपाईं स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्ने सदैव हेक्का राख्नुपर्दछ। विशेषगरी, तालिममा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समयसापेक्ष रूपमा व्यवहारमा लागू गर्न सक्ने खुबीको विकास हुनैपर्छ।’

निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारीहरू समेत सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]