०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ १५, २०८०

काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्।

नेपालको संविधानले नै राज्यशत्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ।

रक्षामन्त्रीसमेत रहेका खड्काले आज नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न नहुनेमा जोड दिए।

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आमनागरिकले पनि अपनत्वको भाव देखाउने उनको धारणा थियो। साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएकाले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भए पनि आमनागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार पनि राखे।

सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव पनि उनले दिए।

उनले भने, ‘आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतको रूपमा स्थापित गर्न तपाईं स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्ने सदैव हेक्का राख्नुपर्दछ। विशेषगरी, तालिममा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समयसापेक्ष रूपमा व्यवहारमा लागू गर्न सक्ने खुबीको विकास हुनैपर्छ।’

निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारीहरू समेत सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]