११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सभामुख क्रिकेट कप ः ३३ रनले धनुषा विजयी

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ १६, २०८०

जनकपुरधाम । जनकपुरधाममा जारी सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो ।

टस जितेर धनुषा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । निर्धारित ४० ओभरमा धनुषा टिम सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका थिए ।

धनुषाका लागि सार्वधिक अलि असगरले ४४ बलमा ३४, साइमोन रोयले १९ बलमा ३३ र पशुराम यादवले ५७ बलमा २७ रनको योगदान दिए । आठ नम्बरमा ब्याटिङ गर्न आएका साइमोनले आक्रमक ब्याटिङ गर्दै टिमको स्कोर उच्च बनाएका थिए । उनले १९ बलको समाना गर्दा पाँच चौका र एक छक्का प्रहार गरे ।

ओपनर म्यान यादव टिमको २५ रन स्कोर हुँदा नै आउट भएका थिए । त्यसपछि ब्याटिङमा आएका पशुराम यादव र हिमांशु दत्तले संघर्ष गरेका थिए । यद्यपी उनीहरु टिमको स्कोर उच्च बनाउन नपाउँदै पबेलियन फर्केका थिए ।

दत्तले ५० बलमा १६ र पशुरामले ५७ बलमा मात्र २७ रन बनाउन सके ।

सप्तरीका लागि बलिङ गरेका रोहन विक र नितेश यादवले तीन तीन विकेट लिए । यस्तै, अनिल यादवले दुई र अभिषेक कार्कीले एक विकेट लिए । विशाल लक्ष्य पाएका सप्तरी टिम जवाफी ब्याटिङ गर्दा ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र एक सय ४९ रन बनाउन सके ।

सप्तरीका लागि राहुल मण्डलले सार्वधिक ४२ बलमा ४० रन, अमित कुमार यादव ३९ बलमा २६ रन र अभिषेक कार्कीले ४३ बलमा १८ रन बनाए । यस टिमका अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका अखिलेश ठाकुरले आठ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । यस्तै, रुपेश यादव, अभिजित मण्डल र विक्रान्त यादवले समान दुई दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका अखिलेश ठाकुर घोषित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]