२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

सभामुख क्रिकेट कप ः ६ विकेटले जित्दै धनुषा फाइनलमा

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ १८, २०८०

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो ।

सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा छैठौं दिन दोस्रो सेमिफाइनल खेल भएको थियो । टस जितेर बारा क्रिकेट टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । बाराल ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ४० रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए ।

बाराका लागि ओपनर तृतराज दासले राम्रो सुरुवात गरेपनि अर्को ओपनर अनिल साह एक रनमै आउट भएका थिए । दासले पाँच चौका र दुई छक्काको मद्दतले ६० बलमा ४४ रनको योगदान दिए । बाराकै निखिल सिंह ५७ बलमा ३३ रन र शाहिल पटेल ३४ बलमा २६ रन बनाए । यस टिमका अन्य ब्याटस म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका विक्रान्त यादवले सात ओभर तीन बलमा २२ रन खर्चेर चार विकेट लिएका थिए । उतकृष्ट बलिङ गरेका विक्रान्त एक मेडन ओभरसमेत फालेका थिए । उनीसहित टिमको कसिलो बलिङले बारालाई ‘लो’ स्कोरमा रोक्न सफल भएका थिए । यस्तै, धनुषाकै लागि बलिङ गरेका कप्तान विशाल सुशलिङले दुई, रुपेश यादवले एक, अभिजित मण्डलले एक, अखिलेश ठाकुर र साइमोन रोयलेसमेत एक÷एक विकेट लिए ।

जवाफ ब्याटिङमा धनुषाका खेलाडीहरु ३७ ओभर ३ बलमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । धनुषाका ओपनर अलिअकबर अन्सारीले ६३ रनको पारी खेले । उनले एक सय ९ बलमा चार चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिइरहेका पशुराम यादवलेसमेत ६३ बलमा ४९ रनको पारी योगदान दिए । यी दुबै ब्याट्स म्यानको राम्रो सुरुवातमा धनुषा सहजै जित हासिल गरेका थिए ।

बाराका लागि बलिङ गरेका विकास पटेलले तीन र पवन सराफले एक विकेट लिए । तीन÷तीन वटा सिनियर खेलाडी रहेका बाराको कमजोर प्रर्दशन देखिएको थियो । बाराका नामी अनिल साह, अरनिको यादव र पवन सराफ ठोस प्रर्दशन गर्न सकेनन् । यस खेलको म्यान अफ दी म्याच धनुषाका विक्रान्त यादव घोषित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार […]

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक […]