२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

कमला नदीमा निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत खुला

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ २०, २०८०

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।

सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ ।

निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामा भएको दाबी गर्नुभयो । उहाँका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । त्यसको लम्बाई एक हजार ४५३ मिटर छ । अब यो पुल निर्माण भएसँगै यो झोलुङ्गे पुल देशकै लामो भएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभन्दा छ महिना अगावै पुल निर्माणको कार्य सम्पन्न भएको जानकारी दिनुभयो । ठेक्का सम्झौता गरेर २०७९ असोज १ गतेदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सकिएको उहाँले बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न वर्षौँदेखिको समस्या हट्ने स्थानीय मुकेश शर्माको भनाइ छ । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले सिरहाबाट ३५ किलो मिटरको दूरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्ने जानकारी दिनुभयो ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पमा निर्माण भएको झोलुङ्गे पुलको वरदान साबित भएको सो क्षेत्रका सर्वसाधारणको भनाइ छ ।

पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने अर्का स्थानीय बिन्दे मुखियाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो । राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र […]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए। सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न […]