०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

जनप्रतिनिधिले गरे नगरपालिकामा तालाबन्दी

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २१, २०८०

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् ।

मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ ।

करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]