०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

वीरगन्जमा युवा जनमत संघको भेटघाट कार्यक्रम सम्पन्न

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २१, २०८०

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन युवा जनमत संघको वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

युवा जनमत संघ वीरगन्ज महानगरपालिकाका अध्यक्ष संजय सिंहको अध्यक्षतामा शनिबार भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम संघको केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका युवा नेता मनोज साहको पहलमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना युवाहरुले जनमत पार्टी प्रवेश गरेका हुन।

उक्त कार्यक्रममा सहभागीहरुलाई पूर्व एसएसपी तथा पार्टीका नेता अनुराग द्विवेदीले पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै प्रशिक्षणसमेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् । ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

काठमाडौँ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग […]