२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

वीरगन्जमा युवा जनमत संघको भेटघाट कार्यक्रम सम्पन्न

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २१, २०८०

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन युवा जनमत संघको वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

युवा जनमत संघ वीरगन्ज महानगरपालिकाका अध्यक्ष संजय सिंहको अध्यक्षतामा शनिबार भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम संघको केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका युवा नेता मनोज साहको पहलमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना युवाहरुले जनमत पार्टी प्रवेश गरेका हुन।

उक्त कार्यक्रममा सहभागीहरुलाई पूर्व एसएसपी तथा पार्टीका नेता अनुराग द्विवेदीले पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै प्रशिक्षणसमेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]