२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

सर्लाहीमा जसपालाई ठुलो झड्का, कोषाध्यक्षसहित सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ २४, २०८०

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ ।

डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र अन्य दल समेत परित्याग गरी जनमत पार्टीमा प्रवेशको लहर झन् झन् बढ्दै गएको हो ।

सर्लाहीसहित देशैभर लोकप्रियता बटुलिरहेको जनमत पार्टीले अहिले सर्लाहीसहित देशैभर संगठन निर्माण र विस्तारलाई तिब्रता दिई रहेको छ । यसै क्रममा अन्य पार्टीका हेवी वेटका नेता कार्यकर्ता समेतले जनमत पार्टी रोज्न थालेका छन् । यसै क्रममा आज पनि जनता समाजवादी पार्टी(जसपा)को सर्लाही जिल्ला कोषाध्यक्ष मनोज कुमार यादवको नेतृत्वमा ठुलो संख्यामा नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सो पार्टीले रामनगरमा आयोजना गरेको रामनगर वडा नम्बर ४ को वडाअधिवेशनका क्रममा जसपा जिल्ला कोषाध्यक्ष यादवसहित सयौंको संख्यामा अन्य नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले जनकारी दिनुभयो । रामनगर ४ मा मोदनारायण साहको संयोजकत्वमा ५१ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ ।

उहाँका अनुसार डा.सिके राउत र जनमत पार्टीले लिएको नीति मन पराएर धेरै मानिसहरु अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरिरहेका छन् । नेता मनोज कुमार यादव पनि जनता समाजवादी पार्टीले केही गर्न नसकेको र अब गर्ने भनेकै जनमत पार्टी भएकोले जनमत पार्टीमै प्रवेश गर्ने ईच्छा राखेपछि आफूहरुले उहाँहरुलाई भव्य रुपमा स्वागत गरेको जिल्ला इन्चार्ज सुजनले बताउनुभयो ।

उहाँले नव प्रवेशीहरुलाई आफूसहित प्रतिनिधिसभा सदस्यका प्रत्यासी एवम् पार्टीका केन्द्रीय सदस्य राकेश मिश्र लगायतका नेताहरुले फुलमाला अबिर लगाई पार्टीमा स्वागत गरेको बताउनुभयो ।

उहाँका अनुसार अहिले जनमत पार्टीले जिल्लामा संगठन निर्माण तथा विस्तारलाई तिब्रता दिई रहेको छ । जनअन्तर्गत अहिले वडा अधिवेशनहरु भईरहेका छन् ।

हालसम्म जिल्लाका १४० बढी वडाहरुको अधिवेशन सम्पन्न भईसकेको छ भने सँगै पालिका अधिवेशन पनि गर्ने तयारी भईरहेको छ ।

पालिका अधिवेशन बलरा नगरपालिकाबाट सुरु हुनेछ । बलराको अधिवेशन यही फाल्गुन २६ गते बलरा ११ छटौनामा रहेको सुधा राजेश्वर मावि प्राङ्खणमा आयोजना हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]

सिरहा । जिल्ला ट्राफिक, कार्यालय लहान र यातायात व्यवस्था कार्यालय, लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्सका लागि ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको […]