२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

सर्लाहीमा जसपालाई ठुलो झड्का, कोषाध्यक्षसहित सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश

Logo
न्यूजमधेश प्रकाशित बुधबार, माघ २४, २०८०

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ ।

डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र अन्य दल समेत परित्याग गरी जनमत पार्टीमा प्रवेशको लहर झन् झन् बढ्दै गएको हो ।

सर्लाहीसहित देशैभर लोकप्रियता बटुलिरहेको जनमत पार्टीले अहिले सर्लाहीसहित देशैभर संगठन निर्माण र विस्तारलाई तिब्रता दिई रहेको छ । यसै क्रममा अन्य पार्टीका हेवी वेटका नेता कार्यकर्ता समेतले जनमत पार्टी रोज्न थालेका छन् । यसै क्रममा आज पनि जनता समाजवादी पार्टी(जसपा)को सर्लाही जिल्ला कोषाध्यक्ष मनोज कुमार यादवको नेतृत्वमा ठुलो संख्यामा नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सो पार्टीले रामनगरमा आयोजना गरेको रामनगर वडा नम्बर ४ को वडाअधिवेशनका क्रममा जसपा जिल्ला कोषाध्यक्ष यादवसहित सयौंको संख्यामा अन्य नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले जनकारी दिनुभयो । रामनगर ४ मा मोदनारायण साहको संयोजकत्वमा ५१ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ ।

उहाँका अनुसार डा.सिके राउत र जनमत पार्टीले लिएको नीति मन पराएर धेरै मानिसहरु अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरिरहेका छन् । नेता मनोज कुमार यादव पनि जनता समाजवादी पार्टीले केही गर्न नसकेको र अब गर्ने भनेकै जनमत पार्टी भएकोले जनमत पार्टीमै प्रवेश गर्ने ईच्छा राखेपछि आफूहरुले उहाँहरुलाई भव्य रुपमा स्वागत गरेको जिल्ला इन्चार्ज सुजनले बताउनुभयो ।

उहाँले नव प्रवेशीहरुलाई आफूसहित प्रतिनिधिसभा सदस्यका प्रत्यासी एवम् पार्टीका केन्द्रीय सदस्य राकेश मिश्र लगायतका नेताहरुले फुलमाला अबिर लगाई पार्टीमा स्वागत गरेको बताउनुभयो ।

उहाँका अनुसार अहिले जनमत पार्टीले जिल्लामा संगठन निर्माण तथा विस्तारलाई तिब्रता दिई रहेको छ । जनअन्तर्गत अहिले वडा अधिवेशनहरु भईरहेका छन् ।

हालसम्म जिल्लाका १४० बढी वडाहरुको अधिवेशन सम्पन्न भईसकेको छ भने सँगै पालिका अधिवेशन पनि गर्ने तयारी भईरहेको छ ।

पालिका अधिवेशन बलरा नगरपालिकाबाट सुरु हुनेछ । बलराको अधिवेशन यही फाल्गुन २६ गते बलरा ११ छटौनामा रहेको सुधा राजेश्वर मावि प्राङ्खणमा आयोजना हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]