२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

सगरमाथा माविमा वृहत् प्रदर्शनी, प्रतिभाको संरक्षण गर्न आर्थिक कोष

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ २५, २०८०

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो ।

यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् ।

विद्यार्थीभित्र रहेका प्रतिभा प्रष्टफुटन गर्ने, प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउने र परिपक्व बनाउँदै लैजाने विश्वास विद्यालयको छ ।

यससँगै विद्यालयले सामाजिक उत्तरदायित्व कोष पनि खडा गर्ने भएको छ । विद्यालयभित्र र समाजमा रहेर विभिन्न क्षेत्रमा राम्रो गर्न खोज्ने प्रतिभावान व्यक्तिहरुलाई संरक्षण र सहयोग गर्न उक्त कोष खडा गर्न लागिएको हो ।

यसका लागि विद्यालयले विद्यार्थीसँग नामांकनका बेला प्रवेश शुल्क २० रुपैयाँ लिने र त्यो रकम विद्यालयले नराखी उक्त कोषमा जम्मा गर्ने विद्यालयले योजना बनाएको छ । यस कोषबाट आर्थिक समस्यामा पर्ने विद्यार्थी, सामाजिक रुपान्तरणमा लागेका व्यक्तिहरु लाभान्वित हुनेछन् ।

कार्यक्रमको सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयको यो प्रयासलाई सराहना गरेका छन् । उनले यस्तो प्रयासबाट सबैले सिक्नुपर्ने र सबै मिलेर देश बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख यादवसहित, उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाकी नगरप्रमुख लक्ष्मी श्रेष्ठ, सञ्चालक प्रदीप तिवारीसहित विभिन्न बैंक र संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो। महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार […]

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार […]

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]