२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सगरमाथा माविमा वृहत् प्रदर्शनी, प्रतिभाको संरक्षण गर्न आर्थिक कोष

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ २५, २०८०

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो ।

यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् ।

विद्यार्थीभित्र रहेका प्रतिभा प्रष्टफुटन गर्ने, प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउने र परिपक्व बनाउँदै लैजाने विश्वास विद्यालयको छ ।

यससँगै विद्यालयले सामाजिक उत्तरदायित्व कोष पनि खडा गर्ने भएको छ । विद्यालयभित्र र समाजमा रहेर विभिन्न क्षेत्रमा राम्रो गर्न खोज्ने प्रतिभावान व्यक्तिहरुलाई संरक्षण र सहयोग गर्न उक्त कोष खडा गर्न लागिएको हो ।

यसका लागि विद्यालयले विद्यार्थीसँग नामांकनका बेला प्रवेश शुल्क २० रुपैयाँ लिने र त्यो रकम विद्यालयले नराखी उक्त कोषमा जम्मा गर्ने विद्यालयले योजना बनाएको छ । यस कोषबाट आर्थिक समस्यामा पर्ने विद्यार्थी, सामाजिक रुपान्तरणमा लागेका व्यक्तिहरु लाभान्वित हुनेछन् ।

कार्यक्रमको सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयको यो प्रयासलाई सराहना गरेका छन् । उनले यस्तो प्रयासबाट सबैले सिक्नुपर्ने र सबै मिलेर देश बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख यादवसहित, उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाकी नगरप्रमुख लक्ष्मी श्रेष्ठ, सञ्चालक प्रदीप तिवारीसहित विभिन्न बैंक र संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]