२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

लाहानमा पनि डेंगुका एकजना बिरामी देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

मनोज बनैता, लाहान । सिरहाको लाहानमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म लाहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी देखापरेका छन् ।

लाहान स्थित रा.उ.म अस्पतालमा १ जनामा डेङ्गु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ता ले जानकारी दिएको अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेको छ । नाम नखोल्ने शर्तमा उक्त बिरामीले आफू डेङ्गु प्रभावित भएको स्विकारेका छन । बिरामी एक प्राईभेट बैङ्कमा कार्यरत रहेको खुलेको छ ।

नगरक्षेत्रमा यो रोग देखा परेपछि स्थानीय वासिन्दा भने आतंकित बनेका छन् । डेङ्गुका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरुको पहिचान गरि त्यसलाई नष्ट गर्नु पर्ने रा.उ अस्पतालका ल्याब ईन्चार्ज कृष्ण देव गुप्ताले जानकारी दिए । उनले भने, ‘घर वरपर फालिएर रहेको खाली वोतल, गाडी तथा मोटरसाइकलका टायरहरु, कुलर, गमला जस्ता ठाउँहरुमा थारै पानी जमेको ठाउँमा पनि सहजै डेङ्गुको लामखुट्टेको वृद्धि विकास हुने भएको हुँदा यस्ता ठाउँहरुको पहिचान गरी त्यसलाई सफा पार्नुपर्छ र लामखुट्टे नियन्त्रणको उपाय अवलम्वन गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]