१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेस प्रदेश: कटुवा पेस्तोलसहित १ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २८, २०८०

सिरहा। कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका – ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका ७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका – ३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।​​

उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]