१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

बिदेहका ई.अधिकारी जनमत प्रवेश

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

जनकपुरधाम । धनुषाको बिहेद नगरपालिकाका ईन्जिनियर जयनाथ अधिकारी जनमत पार्टी प्रवेश गरेका छन् ।

बिहीबार जनमत पार्टी जनकपुरधामस्थित रहेको सचिवालयमा ईन्जिनियर अधिकारीलाई पार्टी प्रवेश गराइएको छ।

ईन्जिनियर अधिकारीलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीको सदस्यता प्रदान गर्दै उनलाई पार्टीमा भित्र्याएको छ।

पार्टी प्रवेश गरेका ईन्जिनियर अधिकारीलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल,बिदेह नगरपालिका-५ का पार्टी अध्यक्ष रामदियाल मुखियालगाइतका नेताहरुले उनलाई पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ।

इन्जिनियर अधिकारी जनमत प्रवेश गरेपछि बिदेह नगरपालिकामा जनमतको संगठन मजबुत भएको स्थानीयहरुले आकलन गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]