१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सत्तरी बोरा अबैध मटर घरबाटै बरामद

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो ।

पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को हरी प्रसाद यादवको घरमा लुकाई छिपाई राखेको एक हजार सात सय ५० केजि नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयका टोलीबाट प्र.नि. प्रकाश बस्नेतको कमाण्डले उक्त परिमाणको मटर नियन्त्रणमा लिएको थियो ।

प्रहरीको अनुसार बिनोद यादवको घरबाट पहेलो मटर २५ के.जी. को ३० बोरा र हरी प्रसाद यादवको घरबाट पहेलो मटर २५ के.जी. को ४० बोरा गरी जम्मा ७० बोरा बरामद गरिएको छ । यसैगरी पहेलो मटर बरामद गरी आवश्यक कारबाहीको लागि सप्तरी स्थित भन्सार बुझाईएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]