०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनकपुरको कदमचोकमा होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, फाल्गुण १५, २०८०

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ कदमचोकस्थित होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो । (सोमबार) विधिवत रूपमा रिबन काटेर होटलको उद्घाटन गरिएको छ ।

कदमचोकदेखि शिवचोक जाने बाटोमा राजश्री बैंकको अगाडि र सेन्टर मार्टको माथिल्लो तल्लामा रहेको सो रेष्टुरेन्ट सुविधा सम्पन्न र स्टाइलिस्ट छ । रेष्टुरेन्टका लागि काठमाडौंसहित अन्य विभिन्न ठाउँबाट सेफ मगाइएको सञ्चालक सन्तोष रायले जानकारी दिए ।

उनले जनकपुरवासीलाई चाहिने स्वाद रेष्टुरेन्टका परिकारमा उपलब्ध हुने बताए । उनले काठमाडौंसहित अन्य ठूला सहरमा पाइने विभिन्न परिकारलाई सोही स्वादमा यहाँ उपलब्ध गराइने दाबी गरे ।

सञ्चालक रायले रेष्टुरेन्टको डिजाइनसमेत विदेशी शैलीमा गरिएको बताए । जनकपुरधामका होटल सञ्चालक रायले सवा एक करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार यहाँ वकिलटोल, कदमचोक, भानुचोक, शिवचोक, विषहाराचोक, क्याम्पसचोक, देवीचोक बस्ने बाहिरबाट आएका ग्राहकको टाढा जानुपर्ने बाध्यता हटनेछ ।

रेष्टुरेन्टमा सबै सुविधासहित हाई क्वालिटी फोटो र भिडियोसहित रिल्सका लागि समेत उपकरण उपलब्ध गराउने उनले बताए । सञ्चालक रायले ग्रान्ड ओपनिंगमा रेष्टुरेन्टमा आउने ग्राहकका लागि ७ दिनसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]