२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

नयाँ गठबन्धनमा भागबण्डाको सकस, अर्थ र गृह मन्त्रालयमा माओवादीको दाबी

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ।

आज अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। स्रोतका अनुसार माओवादी वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेर गृह मन्त्रालय आफूले पाउनुपर्ने आशय व्यक्त गरेको स्रोतको दाबी छ ।

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि प्रधानमन्त्री प्रचण्डले रास्वपालाई ओलीसँग सल्लाह गर्न सुझाव दिएका थिए । यता ओलीले भने माओवादीलाई गृह मन्त्रालयबारे रास्वपासँग सल्लाह गर्न भनेका छन् ।

गृह र अर्थजस्ता मन्त्रालय आफूले लिनुपर्ने भन्दै नेताहरूका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला सत्तारुढ दलमा शक्ति बाँडफाँटको विषय पेचिलो बन्ने देखिएको छ ।

पावरफुल मन्त्रालयमा दलहरूको दोहोरो दाबी पर्न थालेपछि शक्ति बाँडफाँट पेचिलो बन्ने देखिएको गठबन्धन स्रोतले बतायो ।

गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दाबी गरिरहेको छ भने नेकपा एमाले पनि गृह मन्त्रालय आफ्नो पक्षमा पार्न खोजिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्।

सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनाएका थिए।

उक्त गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिनाविभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]