०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जसपा र जनमत आन्तरिक छलफलमा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ।

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

‘आजको बैठकमा सबै नेताहरूले मधेस प्रदेश सरकारको सुरक्षाको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरूप आफ्नो धारणा पनि राख्नुभयो। परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ,’ उनले भने। प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ।

जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुंगो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए। उनले भने, ‘मधेस प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटम लाइन’ हो। पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]