२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

नेपालमा नौलो गणतन्त्रको विकल्प छैन : जनमत नेता यादव

Logo
न्यूज मधेश प्रकाशित शनिबार, चैत्र १०, २०८०

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् ।

यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने भनाइ उनको छ ।

देशको हितका लागि डा. सिके राउतले सारेको यो अवधारणालाई सफल बनाउने जिम्मा अब जनताको भएको उनले जिकिर गरे । जेठ १५ गते भृकुटीमण्डपमा हुन गइरहेको आन्दोलन घोषण सभामा गाउँ-गाउँबाट जान पनि सबैलाई उनले अपिल गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जानकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो । मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको […]

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]