२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

मधेशमा मन्त्रिपरिषद् विस्तार,एमालेका तीन मन्त्रीले लिए शपथ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, चैत्र १०, २०८०

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् । तीन मन्त्रीका साथै केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ लिएका छन् ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् । शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

नेपाली काँग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले काँग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए। सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न […]

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले अल्पमतको निर्णयलाई पार्टीमा सर्कुलर गरेपछि आफूहरुले विद्रोह गरेको बताएका छन् । जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग भएको बताए । उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, […]