२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

जनमतले इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार

Logo
न्यूज मधेश प्रकाशित सोमबार, चैत्र १२, २०८०

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए ।

थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको थियो ।

आफूलाई जनमतले आधिकारिक उम्मेदवार बनाएपछि थाम्सुहाङ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रचारमा हिँडिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]