२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

कमला पुलको काम असार १५ भित्र सम्पन्न गर्न मन्त्री महासेठको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र १८, २०८०

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् ।

पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’

धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि ०६८ सालमा पप्पु कन्ट्रक्सन र लुम्बिनी बिल्डर्ससँग संयुक्त ठेक्का सम्झौता भएको थियो ।

लुम्बिनी बिल्डर्सले लगभग काम सकेर ७८ असार १७ मा उद्घाटनको तयारीमा जुटेको बेला पुलको पिलर सामान्य बाढीमै भासियो । त्यसपछि अलपत्र पुल निर्माण छिटो सक्न दबाब दिँदै स्थानीयले आन्दोलनसमेत गरिरहेका छन् ।

भासिएको तीन वटा पिलरको दुवैतिर नयाँ पिलर खडा गरी पुल पुनः निर्माण गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ । तर, काम सुस्त गतिमा भइरहेको गुनासोपछि मन्त्री महासेठले अनुगमन गरेका हुन् ।

समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]