२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

विराटनगरमा दोस्रो अन्तर्राष्ट्रिय मगही सम्मेलन सम्पन्न

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ।

सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब साह ,चन्देश्वर सदा,चन्देश्वर दास, प्राध्यापक महेन्द्र नरायन यादब लगायत स्थानीय ब्यक्तिहरु सहभागिता भएको थियो।

उक्त कार्यक्रममा बिशिष्ठ अतिथिहरुलाइ मगहीको पहिचान पगरी बाधेर र फुलको माला लगाएर सम्मान मगही अभियानी श्यामसुन्दर सुतिहरले गरेका थिए।

कार्यक्रमको उदघोषन जय प्रकाश महतोले गर्नुभएको थियो भने मदन किशोर कामतले स्वागत भाषन गर्नुभएको थियो।भने बिशिष्ठ अतिथी लगायत अतिथी मिलि फुलको बिरुवामा पानी हाली कार्यक्रमलाई उद्दघाटन गर्नु भएको थियो ।

अन्तर्रा्ष्ट्रिय सम्मान प्राध्यापक महेन्द्र नरायन यादब,डा .उपेन्द्रनाथ बर्मा ,डा.पारस सिन्ह ,प्रभात वर्मा ,लगायतका ब्यक्तिलाई प्रमुख अतिथिले प्रदान गर्नु भएको थियो भने विशेष सम्मानमा सुर्यनाथ प्रसाद सिन्ह मदन किशोर कामत,श्याम सुन्दर सुतिहार,हिरा लाल साह ,सदानद कामत ,महेश्वर राय ,देब नरायन मुखिया अधिवक्ता अनिल किशोर कामत लगायतलाई प्रादान गरेको छ , भने साहित्य तर्फ सत्रुधन मुखिया ,उदय यदुबन्शी रहेको थियो ।

कार्यक्रमको आयोजक मगही भाषा प्रतिष्ठान मोरङले गरेको थियो भने कार्यक्रमको अध्यक्षता अन्तर्रा्ष्ट्रिय मगहीको संयोजक बिरबहादुर महतोले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]