०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

माग पूरा नभए पुनः संघर्षमा उत्रिने आरती साहका परिवारको चेतावनी

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । आरती साहका परिवारले सहमतिअनुसार माग पूरा नभए पुनः संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

आरतीकी आमा निर्मलादेवी र दाइ प्रेम साहले मंगलबार विज्ञप्ति जारी गर्दै न्यायिक संघर्षमा पूर्व सहमतिअनुसार राज्य पक्ष इमान्दर भइदिन आग्रह गरेका छन् ।

आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए । २९ फागुनमा गृह मन्त्रालय र पीडित परिवारबीच ५ बुँदे सहमति भएपछि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो ।

सम्झौतामा उच्चस्तरीय छानबिन गरी पुरक प्रतिवेदन तयार पार्ने उल्लेख छ । छानबिन सुरू नहुँदै आरोपीलाई धरौटीमा छोड्ने निर्णयप्रति परिवारले आपत्ति जनाएका छन् ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]