१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

धनुषा निर्माण व्यवसायी संघ निर्वाचन: अध्यक्षमा तृपक्षिय भिडन्त अग्रस्थानमा रमेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको नयाँ नेतृत्व छनौटका लागि भोलि निर्वाचन हुन गइरहेका छन् । आठ वटा पदमा भोलि उद्योग बाँणिज्य संघको परिसरमा बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत कामेश्वर झाले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेदेखि बेलूका ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ । जम्मा ११ सदस्य टीममा दुईजना निर्विरोध निर्वाचित भएका छन् भने ‘ग’ वर्गमा उम्मेदवारी परेको छैन् । उम्मेदवारी नपरेको पदमा कार्यसमितिको निर्णय अनुसार एकजनालाई अध्यक्षले मनोनित गर्नेछ ।

अध्यक्षमा रमेश कुमार यादव, जगदिश महासेठ र अशोक चौधरीले उम्मेदवारी दिएका छन् । अध्यक्षमा तीनजना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा यादव र चौधरी बीच हुने आकलन धनुषा निर्माण व्यवसायीहरुका छन् । चौधरी यसअघि अध्यक्षमा निर्वाचित भएका थिए भने यादव महासचिवमा । यसपालि अध्यक्ष पदका लागि दुबैजना आमनेसामने भएका छन् । तर यसपट नेतृत्व फेर्ने मूडमा यहाँका व्यवसायीहरु छन् ।

चौधरीले चलाएको कार्यकाल हेरिसकेका छौं, उनले आफ्नो दुईवर्षको कार्यकाल लम्बाइएर पाँच वर्षसम्म अध्यक्षमा आसिन मात्रै रहे । निर्माण व्यवसायको भवन बाहेक व्यवसायीको हकहितमा त्यस्तो कुनै ठोस कार्य नगरेको एक निर्माण व्यवसायी बताउँछन् ।

उनले भने ‘उनी उम्मेरको हिसावले पनि ५० पार गरिसकेका छन् । त्यसैले यसपटक व्यवसायीहरु नेतृत्व परिवर्तन गरी युवालाई नेतृत्वमा ल्याउन चाहेका छन् । दुईजना अधबैंसे उम्मेदवारको बीचमा उम्मेदवारी दिएका छन् रमेश कुमार यादव । हामी व्यवसायीहरुको रोजाइमा रमेश यादव परेका छन् ।’

विगतमा महासचिव बनेर व्यवसायीहरुको बीचमा रहेर गरेको कामका हिसावले पनि रमेश यादव व्यवसायीहरुको पहिलो राजाइँमा परेका छन् । बजारमा चर्चा र व्यवसायीहरुले नेतृत्व परिवर्तनका लागि गरेका अठोट कारण नै रमेश दुई अधबैंसे उम्मेदवारलाई उच्चालेर एक नम्बरमा पुगेका छन् ।

विद्यान अनुसार एकचोटी छनौट भएर आएका टीमको कार्यकाल दुईवर्ष हुनेछ । यद्दपि यो निर्वाचन पाँच वर्षपछि हुदैछ । यसअघि २०७५ साल माघ महिना निर्वाचन भएको थियो ।

निर्वाचन अधिकृत कामेश्वर झाका अनुसार कुल मतदाता ५ सय ९५ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]