०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः चौधरी निर्वाचित

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र २५, २०८०

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।

चौधरी २३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी दोस्रो पटक निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले १७५ मत ल्याएका छन् । रमेश पनि कांग्रेस निकट छन् । रमेशलाई कांग्रेस नेता विमलेन्द्र निधी पक्षधरको समर्थन थियो ।

संघको उपाध्यक्षमा जयप्रकाश साह ‘पप्पु’, महासचिवमा रुपेश कुमार सिंह ‘मुन्ना’, सचिवमा मनोज कुमार साह र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव निर्वाचित भएका छन् ।

संघमा ६ जना सदस्य रहने प्रावधान छ । सदस्यमा ‘क’ वर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाष चन्द्र चौधरी निर्विरोध निर्वाचित भएका थिए । ‘ग’ वर्गबाट सदस्यको उम्मेदवारी नै परेनन् ।

‘घ’ वर्गबाट तीनजना सदस्यमा राजीव कुमार साह, कमलेश कुमार जयसवाल र दीपक यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]