१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

वीरगंजको नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेट्टियो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, चैत्र २६, २०८०

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ।

संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्याबमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए।

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो। संयुक्त अनुगमनमा वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेको थियो।

वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए। ‘संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ’, उनले भने, ‘केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन्।’

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिह्न उब्जिएको बताए। ‘केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ’, उनले भने, ‘कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला ?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्क्राइ गर्नुहुँदैन।’

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेट्टिएको जानकारी दिए। ‘पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ’, उनले भने, ‘बयानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने छ।’ संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]