२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

पर्साको छुट्टाछुटै आगलागी, १३ लाख रुपैयाँ बराबरको क्षति

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र २७, २०८०

विरगञ्ज। पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ ।​

धोबिनी गाउँपालिका– ३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भई स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोवी, रवीन्द्र पटेल लगायतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, साइकललगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको र सो परिमाण बराबर क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक शम्भु विक्रम शाहले जानकारी दिए।

पोखरिया नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ पटेर्वा टोलमा आज बिहान आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय भागिरत महतो थारूको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरमा रहेको चार क्विन्टल सुर्ती, फर्निचरलगायतका समान जल्दा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]