२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

Logo
न्यूज मधेश प्रकाशित बुधबार, चैत्र २८, २०८०

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए।

लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए। घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे।

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए। पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]