१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

नेविसंघले कमलाका मेयर यादवलाई बुझायो १७ बुँदे ज्ञापन पत्र

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।

आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो ।

सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य ईन्द्रजित यादव लगायतका विद्यार्थीहरूले कमला नगरपालिकाका मेयर बिशेश्वर यादवलाई ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट वृद्धि गर्नुपर्ने लगाएका माग राखेका छन् ।

त्यस्तै ज्ञापन पत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिक भन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने लगायत उल्लेख गरिएको नेविसंघ केन्द्रीय प्रतिनिधि इन्द्रजित यादवले बताए ।

त्यस्तै १७ बुँदे माग पत्रमा प्रविधिमार्फत बालबालिकामाथि हुने उत्पीडन एवं दुर्व्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुर्व्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छ ।

माग पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता जय नाथ यादव,नेपाली कांग्रेस कमला नगरपालिकाका सभापति शंकर यादव,नेपाली कांग्रेसका युवा नेता मनोहर ठाकुर,कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक कुमार गोहिबार र गुड्डु यादवलगाइतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]