०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मुक्त हरवाचरवालाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक छः मन्त्री न्यौपाने

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो ।

“तपाईहरूले मुक्त हरवाचरवाका लागि १० कट्टा जमिनको माग गरिरहनुभएको छ तर मलाई जमिनभन्दा पनि उहाँहरूको दीगो जीविकोपार्जन र आत्मनिर्भरहुनका लागि उद्यमशीलतामा जोड दिनुपर्छ जस्तो लाग्छ”, मन्त्री न्यौपानेले भन्नुभयो,“व्यक्ति र समग्र समुदायको सामूहिकहीत र उत्थानका लागि बनाइने उद्यमशीलता प्रवद्र्धनका कार्यक्रममा हामीले पनि आवश्यक सहयोग गर्छौ ।”

त्यसैगरी उहाँले मधेशमा सबैभन्दा सीमान्तकृत र भूइँ मान्छेका रूपमा रहेका हरवाचरवाहरूको समस्या समाधानका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी गणेश विश्वकर्माले पश्चिम नेपालका मुक्त कमैया, कमलहरी र सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर देखिए पनि मधेशका मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि पर्याप्त चासो देखाउन नसकेको बताउनुभयो । उहाँले मुक्तिको घोषणा गरे पनि वास्तविक हरवाचरवाको पहिचान, तथ्याङ्क संकलन र न्यायिक पुनस्र्थापनाका काममा ध्यान नदिँदा समस्या थप गिजोलिँदै गएको धारणा राख्नुभयो ।

कार्यक्रममा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले मुक्तिको घोषणा गरेर आफूहरूलाई सरकारले बेवास्ता गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले अब तत्काल समस्या समाधान र आफ्ना मागको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा अधिवक्ता बालाराम भट्टराई, अधिकारकर्मी ब्रह्मदेव राम, मञ्चका महासचिव लागेन्द्र सदालगायतले मधेश प्रदेश केन्द्रीत हरवाचरवा समस्या समाधानका लागि यहाँकै सरकारले अझ बढी पहलकदमी लिन जरूरी रहेकामा जोड दिनुभयो ।

शुक्रबारदेखि सुरूभएको सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाका मुक्त हरवाचरवाका प्रतिनिधि, पर्यवेक्षक र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]