१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मुक्त हरवाचरवालाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक छः मन्त्री न्यौपाने

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो ।

“तपाईहरूले मुक्त हरवाचरवाका लागि १० कट्टा जमिनको माग गरिरहनुभएको छ तर मलाई जमिनभन्दा पनि उहाँहरूको दीगो जीविकोपार्जन र आत्मनिर्भरहुनका लागि उद्यमशीलतामा जोड दिनुपर्छ जस्तो लाग्छ”, मन्त्री न्यौपानेले भन्नुभयो,“व्यक्ति र समग्र समुदायको सामूहिकहीत र उत्थानका लागि बनाइने उद्यमशीलता प्रवद्र्धनका कार्यक्रममा हामीले पनि आवश्यक सहयोग गर्छौ ।”

त्यसैगरी उहाँले मधेशमा सबैभन्दा सीमान्तकृत र भूइँ मान्छेका रूपमा रहेका हरवाचरवाहरूको समस्या समाधानका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी गणेश विश्वकर्माले पश्चिम नेपालका मुक्त कमैया, कमलहरी र सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर देखिए पनि मधेशका मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि पर्याप्त चासो देखाउन नसकेको बताउनुभयो । उहाँले मुक्तिको घोषणा गरे पनि वास्तविक हरवाचरवाको पहिचान, तथ्याङ्क संकलन र न्यायिक पुनस्र्थापनाका काममा ध्यान नदिँदा समस्या थप गिजोलिँदै गएको धारणा राख्नुभयो ।

कार्यक्रममा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले मुक्तिको घोषणा गरेर आफूहरूलाई सरकारले बेवास्ता गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले अब तत्काल समस्या समाधान र आफ्ना मागको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा अधिवक्ता बालाराम भट्टराई, अधिकारकर्मी ब्रह्मदेव राम, मञ्चका महासचिव लागेन्द्र सदालगायतले मधेश प्रदेश केन्द्रीत हरवाचरवा समस्या समाधानका लागि यहाँकै सरकारले अझ बढी पहलकदमी लिन जरूरी रहेकामा जोड दिनुभयो ।

शुक्रबारदेखि सुरूभएको सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाका मुक्त हरवाचरवाका प्रतिनिधि, पर्यवेक्षक र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]