२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मटिहानीका आठ सयभन्दा बढी आगलागीपीडितलाई दैनिक खाना खुवाइँदै

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ।

मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्।

‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै नष्ट भएकाले बिहान–बेलुका गरी आठ सयभन्दा बढीलाई दैनिक खाना खुवाइरहेका छौँ। हामीलाई नेपाली सेनाका जवानले समेत सहयोग गर्दे आएकाले खाना खुवाउन सहज भइरहेको छ,’ हाम्रो टिम नेपालका संयोजक विमल पन्तले भने।

यसबाहेक बालबालिकाको विद्यालयको ड्रेस र कापी–कलमसमेत नहुँदा विद्यालय जान नपाएको र खासगरी लुगाकपडा नहुँदा समस्या थपिँदै गएको उनले बताएका हुन्।

जरलहवागाछी बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्युबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेका थिए। आगलागीमा परेर बस्तीका ५० जति अन्य घरमा समेत क्षति पुगेको, पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको नगरपालिकाले जनाएको छ।

आगो निभाएलगत्तै मटिहानी नगरपालिकालगायत अन्य संघसंस्था र व्यक्तिले खाना र ओत लाग्न त्रिपालको व्यवस्था गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]