०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको जनमतसहित पाँच दललाई निम्तो

Logo
न्यूज मधेश प्रकाशित बुधबार, बैशाख १९, २०८१

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ ।

भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ ।

प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र डा.सीके राउत नेतृत्वको जनमत पार्टीलाई आमन्त्रण गरेको हो भने यी दलका प्रतिनिधिलाई बिजेपी मुख्यालयमा आज उपस्थित हुन भनिएको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाएको हो ।

त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने जनाइएको छ । साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवसँग पनि प्रतिनिधिहरूले अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरू सामेल छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]