१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बर्षाले सप्तरीको अधिकान्स क्षेत्रहरू जलमग्न

Logo
प्रकाशित बुधबार, आश्विन ०१, २०७६

सप्तरी। बिगत केही दिन देखि परेको अविरल बर्षाको कारण सप्तरीको अधिकान्स क्षेत्रहरू डुवानमा परेका छ्न । बिहानदेखि परेको अविरल वर्षाले सप्तरी जिल्लाका विभिन्न क्षेत्रहरूका जनजीवन प्रभावित भएका हुन्।

सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको कन्चनरुप नगरपालिका, राजबिराज नगरपालिका ,हनुमाननगर कन्कालिनी नगरपालिका क्षेत्र जलमग्न भएको छ।

बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको छ । यसैबीच वर्षाकै कारण जिल्लाको कन्चनरुप नगरपालिका १ स्थित घरमा एउटा पानी पसेको छ । पानी निकास हुननसक्दा घरभित्र पानी पसेको स्थानीयले बताएका छ्न ।

यसैगरी राजबिराज नगरपालिकामा ढल निकास गर्न नाला व्यवस्थित गर्न नसक्दा त्यस नगरका अधिकांश सडकहरु वर्षाकै पानीले जलमग्न भएको छ । बर्षाको पानी निकास हुन नपाउँदा नगरपालिकाका वडा नं. ३, ४, ५, ७, ११ र १६ वडाका अधिकांश घरमा समेत पानी पसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]