१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

धनुषाको राजनीतिमा गुण्डागर्दी चल्दैन : नेता साह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २२, २०८१

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् ।

शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या छ, मलखादको समस्या छ, बेरोजगारी समस्याले किशोरहरु सानै उमेरमा विदेशिन बाध्य छन्। तर हामी धनुषाका नेताहरु गुण्डागर्दी शैलीमा राजनीति गर्न खोज्दैछौं। एकले अर्काेलाई थिचोमिचो गर्न खोज्दैछौं। यस्तो राजनीतिले जिल्लाका जनताको जीवन स्तरमा सुधार आउने छैन ।’

धनुषाको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरु मिलेर अगाडि बढ्नु पर्ने सुझाव नेता साहले दिए। ‘अरु जिल्लाहरुमा विकास निर्माणको कार्यमा सबै दल मिलेर काम गर्छन् तर धनुषामा एउटा पार्टीले काम गरे अर्कोले अवरोध गर्ने परम्परा देखिन्छ। यसरी हामी हाम्रो जिल्लाकै जनतालाई गरिब बनाइ राखेका छौं।’ नेता साहले भने,‘हेरक पटक संघीय मन्त्रिपरिपाद्मा धनुषाबाट कम्तिममा एक जना मन्त्री हुने गरेको छ। उहाँहरुले पार्टीभन्दा माथी उठेर जिल्लामा विकास निर्माण तथा सुधारको काम गर्नु पर्नेछ ।’

जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनताको समस्या लिएर जाँदा कतिपय प्रशासनिक अड्डामा अनदेखा गर्ने प्रयास भइरहेकोप्रति आक्रोस पोख्दै नेता साहले भने,‘जनमत पार्टी पढेलेखेका वा बैज्ञानिकको पार्टी हो भनेर हाम्रा नेता कार्यकर्तालाई ‘सुधुवा’ ठानेर हेप्ने प्रयास भएको देखिन्छ। पुलिस प्रशासनले यो विर्सिनु हुँदैन कि हामी दश वर्ष संघर्ष गरेर आएका हौं। हामी अहिले सैंयमित भएर अगाडि बढ्न खोज्दैछौं। हाम्रा नेता कार्यकताहरुले जनताको समस्या लिएर जाँदा सरकारी अड्डाहरुमा वा वडा–पालिका कार्यालयहरुमा सम्मानजनक व्यवहार भएन भने हामी चुप लागेर बस्ने छैनौं ।’

उक्त सभालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत, मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव, धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डललगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र जसपालगायतको दलबाट ५ सयभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]