०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

पुर्वमन्त्री यादवको नक्कली फेसबुक आईडी बनाएर पैसा माग्दै

Logo
न्यूज मधेश प्रकाशित सोमबार, बैशाख २४, २०८१

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो ।

पुर्वमन्त्री यादवको नक्कली फेसबुक आइडी बनाएर कसैले ‘स्कायनर’मार्फत उनका साथीहरुसँग पैसा मागिरहेको प्रती उनको ध्यानाकर्षण भएको हो ।

सप्तरी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सांसदसमेत रहेका महेश प्रसाद यादवले भने, ‘मेरा फेसबुकका साथीहरूले मलाई सूचित गरे कि कसैले मेरो नाममा नक्कली फेसबुक आइडी खोलेका छन् र मेरा साथीहरुसँग पैसा माग्दै छन् । म मेरा सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु कि यो म होइन र यो धोका दिनेको बारेमा सजग रहनुहोस् तथा पैसा नदिनुहोस् ।’

पुर्वमन्त्री यादवले नाममा बनाइएको फेक अकाउन्टबाट धेरै जनालाई फ्रेन्ड रिक्वेस्ट समेत पठाउने गरेको पाइएको छ । विभिन्न बहाना देखाउँदै आफ्नो नामबाट पैसा माग्ने गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]