०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

सप्तरीमा विभिन्न पार्टीका दर्जनौं नेता तथा महिला नेतृ जनमतमा

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, बैशाख २५, २०८१

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् ।

जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा कुमारी मुखिया ,रामकुमारी देवी मुखिया ,गुलजरिया देवी ,सोमनी बती मुखिया ,निरज कुमार चौधरी,जितेन्द्र कुमार यादब ,रोशन कुमार यादब,बिशाल कुमार ठाकुर ,याकुव मंसिर,नजराना खातुन
रामचन्द्र मुखिया ,सुकनि मुखिया र दिनेश मुखियासहित दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरुलाई पार्टीका केन्द्रिय सदस्य मुकेश मैरताले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका छन् ।

राजनीतिक रुपमा मधेशका महिलाहरु पछि परेकोले आफ्नो अधिकारको लागि जनमत पार्टी सबैलाई समेटेर लग्ने पार्टी रहेको हुनाले आफुहरु जनमत प्रवेश गरेकी नजराना खातुनले बताइन् ।

खातुनले भनिन् , ‘जनमत पार्टीमा पढेलेखेका बौद्धिक नेताकार्यकर्ताहरुको पार्टी रहेको उनी बताइन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]