२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

जब मन्त्री नै सेवाग्राही बनेर घरेलु कार्यालय पुगे…

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख २५, २०८१

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् ।

कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए ।

उनले कार्यालय प्रमुख विनोदकान्त झालाई फोन गरेपछि हतार हतार १०ः३० बजे आइपुगे । पछि कर्मचारीहरू पनि आएका थिए । त्यसअघि मन्त्री भट्टराईले कार्यालय सहयोगीसँग कम्पनी दर्ता गराउन के के डकुमेन्ट चाहिन्छ भन्ने जानकारी मागेका थिए ।

मन्त्री भट्टराई कार्यालयमा करिब डेढ घण्टा ११ः३० बजेसम्म बिताए । उनले निरीक्षणका क्रममा कार्यालयमा कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र समयमा कार्यालय नआउने थाहा पाएको बताए ।

उनले सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न र कार्यालय समयमा आउन प्रमुख झासहितका कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘काममा ढिलासुस्ती गर्ने र कार्यालय समयमा नआउने तरिका ठिक भएन । यो लापरबाही अबको दिनमा देखिए कारबाही हुन्छ ।’

कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । तर अपरेट गरिएको छैन । मन्त्री भट्टराईले सिसी क्यामेरा कपरेट गरेर मन्त्रालयलाई एक्सेस दिन निर्देशन पनि दिए । उनले अब मन्त्रालयबाटै कार्यालयको मोनटरिङ गर्ने बताए ।

सेवाग्राहीबाट कर्मचारीले घुस माग्ने गर्छन् नि भन्ने जिज्ञासामा मन्त्री भट्टराईले भने, ‘हो, त्यही गुनासोपछि सेवाग्राही बनेर निरीक्षण गरे । आज त्यस्तो पाइएन । कसैले घुस मागेको पाइए कानून बमोजिम कारबाही हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]