२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

काचनबाट लागू औषधसहित एक पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०७, २०७६

बोदेबर्साईन । सप्तरीको काचनबाट प्रहरीले एक युवकलाई लागू औषध सहित पक्राउ गरेको छ । सप्तरीको खडक नगरपालिका वडा नं. ९ बजराही गुठी बस्ने वर्ष १९ को संदिप कुमार चौधरीलाई लागू औसधसहित प्रहरीले आईतवार बेलुका पक्राउ गरेका हुन ।

ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मातहत प्रहरी चौकी काचनबाट खटिएको प्र.स.नि गजेन्द्र नारायण यादबको प्रहरी गस्ती टोलीले बोदेबर्साईन नगरपालिका वडा नं.८ स्थित काचनको नहर छेउ बाटोमा हिडिरहेको चौधरी माथि शंका लागी शरिर खानतलासी गर्दा निजको साथ बाट एक सय अन्ठान्बे पिस NITRAVET-10 लेखेको ट्याबलेट लागु औषध बरामद भएको थियो ।

यसैगरी संदिप कुमार चौधरी लाइ पक्राउ गरी कानुनी कारबाही अगाडि बढाईएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]