१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

कमलाको एम्बुलेन्स महिनौंदेखी मेयरको घरमा,उपमेयर खोज्दै एम्बुलेन्स

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ ।

बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको एम्बुलेन्सले सेवा लिने गरेका छन् भने कोही मोटरसाइकलमा जान बाध्य भइरहेका छन् ।

एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नगर प्रमुख खेलाँची गरिरहेको नागरिकको गुनासो छ ।

नगरकी उपप्रमुख शिला देवी मण्डलले पनि दुई महिना पहिले एम्बुलेन्स खरिद गरिएपनि हाल सम्म पालिकामा नआएको स्वीकार गरिन् । उनी पनि एम्बुलेन्स कहाँ छन ? भनेर बारे अनविज्ञ छन् । उनले पनि एम्बुलेन्स खोजिरहेको बताइन् । यद्यपी अहिले सम्म नभेटिएको उनको गुनासो छ ।

नगर प्रमुख यादवले प्राविधिक काम भइरहेको हुनाले घरमै राखिएको बताए । दुई दिनमा एम्बुलेन्स पालिकामा जाने उनले प्रतिबद्धता गरे । नम्बर प्लेट र मन्त्रालयको काम बाँकी रहेको हुनाले थन्काइएको उनले प्रष्ट गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]