०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनाएको हो : अशोक राई

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २७, २०८१

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले अल्पमतको निर्णयलाई पार्टीमा सर्कुलर गरेपछि आफूहरुले विद्रोह गरेको बताएका छन् ।

जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग भएको बताए ।

उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

उनले सत्ताको अंकगणितको कारणले आफूहरुले पार्टी विभाजन नगरेको प्रष्ट पारे ।

उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशिल थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौं भनिसकेका छौं । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]