२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

सिरहामा लागु औषध सहित २ युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

राजेन्द्र महतो , सिरहा । लागू औषध सहित सिरहाको नवराजपुर गाउँपालिका ४ हस्पिटल चौक स्थितबाट लहान १ सिंहराही बस्ने दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

झाझपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा लहान न.पा.१ सिंहराही बस्ने बर्ष २४ को दयाराम चौधरी र बर्ष २० को अजय चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नाईट्रोभेट ट्याबलेट ५९२ चक्की सहित दुबै जनालाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]