२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

जनकपुरधाममा ‘युथ कार्निवल’ हुँदै, कमेडियन आर्दश मिश्रा पनि आउने

Logo
कमलेश ठाकुर प्रकाशित शनिबार, बैशाख २९, २०८१

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए ।

उनका अनुसार ‘व्यपार ः हिजो, आज र भोली’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव शिकारु युवाहरुलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यपार र स्थानीय उत्पादनलाई प्रर्वधन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले जनाए ।

‘यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरुको सहभागिता रहनेछन्,’उनले भने,‘उहाँहरुको व्यत्तित्व विकाससँगै हामीले राम्रो व्यपार गर्नको लागि नेटर्वकिङ बनाइदिने काम पनि गर्ने छौं ।’

सांस्कृति कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आर्दश मिश्रा पनि आउने कार्य तालिका रहेको उनले बताए ।

क्षमतावन युवाहरुलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको कथन छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरु जोडेर क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]