०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

मुख्यमन्त्री कार्यालयका उपसचिवविरुद्ध बलात्कार मुद्दा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ । उनी अहिले ‘फरार’ छन् ।

०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन् । स्रोतका अनुसार ०८१ वैशाख ३ मा जाहेरी दर्ता भएको हो । साह ०८० वैशाख १८ गतेदेखि कार्यालय आएका छैनन् ।

उजुरी दर्ता भएपछि धनुषा प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र काटेर आरोपी उपसचिव साहको तीनपुस्तेसहितका विवरण माग गरेको छ । प्रहरीले साह कार्यरत पद, मन्त्रालयको क्वार्टरमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो/होइन सहितका जानकारी मागेको हो ।

मुख्यमन्त्री कार्यालयले पनि आवश्यक विवरण प्रहरीलाई उपलब्ध गराइसकेको छ । तर, आरोपी उपसचिव साह अझै पक्राउ पर्न सकेका छैन् । धनुषा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

पीडित महिला मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीकी श्रीमती हुन् । श्रीमान् बाहिर गएको मौका छोपर ०८० माघ १८ गते आफूलाई नशालु पदार्थ खुवाई उपसचिव साहले पहिलोपटक बलात्कार गरेको पीडितले जाहेरीमा बताएकी छन् ।

जाहेरीमा भनिएको छ, ‘मेरो श्रीमानको साथी भएको नाताले मेरो कोठामा टीभी हेर्न आउने गरेको थियो । श्रीमानको साथी हो भनेर सम्मान पनि गर्थेँ । यसैक्रममा माघ १८ गते राति मेरो श्रीमान गाउँ गएको बेला हनुमानजीको मन्दिरको प्रसाद हो भनी करकाप गरी नशालु पदार्थ खुवाए । प्रसाद खाएपछि म बेहोस भएँ । त्यसपछि जबर्जस्ती करणी गर्‍यो ।’

त्यस दिन बनाएको भिडिओ र फोटो देखाएर आफूलाई ब्ल्याकमेल गर्दै पटक-पटक बलात्कार गरेको जाहेरीकर्ताले लेखेकी छन् । एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की त्रास देखाई पटक-पटक जबर्जस्ती गरेको उनको आरोप छ ।

‘पटक पटक बलात्कार गर्दा मेरो गर्भ रहन गयो,’ महिलाले भनेकी छन्, ‘उपसचिव साहकी पत्नी, सासू र ससुराले घरमा आई गर्भ तुहाउन दबाब दिए । तर, म नमान्दा निर्ममतापूर्वक म र मेरो पतिलाई कुटपिट गरी घाइते बनाइयो ।’

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले उपसचिव साहमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भएको उनले पुष्टि गरे । साह पक्राउ परिनसकेको उल्लेख गर्दै उनले भने, ‘हामी खोजी गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]